दुई हजार ७२५ परिक्षणमा ५ सय ७० नयाँ संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ कार्तिक ११, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा पाँच सय ७० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई सय ११ जना महिला छन् भने तीन सय ५९ जना पुरुष रहेका छन् ।
आजको नयाँ संक्रमितमध्ये ९७ महिला र एक सय ५५ पुरुष गरी दुई सय ५२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ६० हजार चार सय पुगेको छ ।
पछिल्लो पटक तीन हजार एक सय ६८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख १८ हजार ८ सय ४३ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १४ लाख ६ सय ९४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा दुई हजार सात सय २५ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या दुई हजार ९ सय ३२ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ जना रहेका छन् । तीमध्ये २० हजार पाँच सय ८६ जना काठमाडौं उपत्यकामै रहेका छन् ।
संस्थागत आइशोलेशनमा आठ हजार दुई सय १७ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३२ हजार ४ सय ६४ रहेका छन् ।
देशभरमा दुई सय ८१ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७१ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३०, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय ७८, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ४२, कर्णाली प्रदेशमा चार र सुदुरपश्चिम प्रदेशमा पाँच जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ७ जना, प्रदेश दुईमा दुई, वागमती प्रदेशमा ५३, गण्डकी प्रदेशमा एक जना र लुम्बिनी प्रदेशमा ८ जना गरी ७१ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही, बाँके, कैलाली र सुर्खेत रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । आज थप १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय