arin enterprises

एक हजार ९५४ नयाँ संक्रमित थपिए, दुई हजार ९८१ निको

SamacharDesk – बिकाश | २०७७ कार्तिक १२, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ५४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये सात सय ५८ जना महिला छन् भने एक हजार एक सय ९६ जना पुरुष रहेका छन् ।

आजको नयाँ संक्रमितमध्ये तीन सय ६८ महिला र चार सय ७५ पुरुष गरी आठ सय ४३ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ ।

पछिल्लो पटक दुई हजार नौ सय ८१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख २१ हजार ८ सय २४ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १४ लाख ९ हजार दुई सय ९५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा आठ हजार दुई सय ४८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या दुई हजार ८ सय ८९ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ जना रहेका छन् । तीमध्ये १९ हजार ६ सय ७८ जना काठमाडौं उपत्यकामै रहेका छन् ।

संस्थागत आइशोलेशनमा सात हजार सात सय ९ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३१ हजार नौ सय ३४ रहेका छन् ।

देशभरमा दुई सय ९० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७२ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वागमती प्रदेशमा एक सय ७८, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ४४, कर्णाली प्रदेशमा चार र सुदुरपश्चिम प्रदेशमा पाँच जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ६ जना, प्रदेश दुईमा दुई, वागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा एक जना र लुम्बिनी प्रदेशमा ६ जना गरी ७२ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ । आज थप ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय