arin enterprises

दुई हजार ३६४ संक्रमित थपिँदा तीन हजार ३८ निको भए

SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार तीन सय ६४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये नौ सय ८४ जना महिला छन् भने एक हजार तीन सय ८० जना पुरुष रहेका छन् ।

आजको नयाँ संक्रमितमध्ये सात सय चार महिला र नौ सय ११ पुरुष गरी एक हजार ६ सय १५ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ ।

पछिल्लो पटक तीन हजार ३८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख २४ हजार ८ सय ६२ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १४ लाख १९ हजार ६४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा नौ हजार सात सय ६९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या दुई हजार ६ सय ८९ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ जना रहेका छन् । तीमध्ये २० हजार ६६ जना काठमाडौं उपत्यकामै रहेका छन् ।

संस्थागत आइशोलेशनमा सात हजार ५४ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३१ हजार आठ सय ९८ रहेका छन् ।

देशभरमा तीन सय चार जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७६ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३६, प्रदेश २ मा १३, वागमती प्रदेशमा एक सय ८४, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ४९, कर्णाली प्रदेशमा चार र सुदुरपश्चिम प्रदेशमा पाँच जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १० जना, प्रदेश दुईमा दुई, वागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा दुई जना र लुम्बिनी प्रदेशमा ५ जना गरी ७६ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । आज थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय