नयाँ संक्रमितमध्ये ६८ दशमलब ३१ प्रतिशत उपत्यकाका
SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

पछिल्लो २४ घन्टामा भेटिएका थप भएका नयाँ संक्रमितको कुल संख्यामा ७७ दशमलब २४ प्रतिशत वागमती प्रदेशबाट रहेका छन् भने वागमती प्रदेशका आजको कुल संख्यामध्ये ८८ दशमलव ४४ प्रतिशत काठमाडौं उपत्यकाबाटै रहेका छन् ।
आज काठमाडौं उपत्यकामा एक हजार ६ सय १५ नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौंमा एक हजार ३ सय ३८ नयाँ संक्रमित भेटिँदा ललितपुरमा एक सय ८० र भक्तपुरमा ९७ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी चितवनमा ९७, कास्कीमा ७३, सुनसरीमा ६०, रुपन्देहीमा ५७, मकवानपुरमा ४७, झापामा ३८, बाँकेमा ३७, गोरखामा ३६, मोरङमा ३२, नवलपरासी (पूर्व) मा ३१, कालिकोटमा २३, तनहुँमा १७, दोलखामा १६, दाङमा १३, नुवाकोटमा १२ र सिन्धुलीमा १० जना संक्रमित भेटिए ।
त्यस्तै धादिङ र सिन्धुपाल्चोकमा ८/८, धनुषा, रौतहट, नवलपरासी (पश्चिम), बर्दिया र जुम्लामा ७/७, सिराहा, काभ्रेपलान्चोक र स्याङ्जामा ६/६, सप्तरी, पर्वत, म्याग्दी, गुल्मी र पाल्पामा ५/५, रसुवा, अर्घाखाँची, कपिलवस्तु र कैलालीमा ४/४ जना कोरोना पोजेटिभ पाइएका छन् ।
इलाम, ओखलढुुङ्गा, तेर्हथुम, रामेछाप र दैलेखमा ३/३, पर्सा, सर्लाही, लमजुङ, जाजरकोट, डडेलधुरा र बझाङमा २/२, उदयपुर, खोटाङ, धनकुटा, भोजपुर, बारा, महोत्तरी, बागलुङ, प्यूठान, रोल्पा, सुर्खेत, हुम्ला, अछाम र कन्चनपुरमा एक/एक जना संक्रमित पाइएका छन् ।
प्रदेशहरुमा वागमती प्रदेशमा सबैभन्दा बढि एक हजार ८ सय २६ जना र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा १० जनामा संक्रमण देखिएको छ ।
अन्य प्रदेशमा गण्डकी प्रदेशमा एक सय ७६, प्रदेश एकमा एक सय ४३, लुम्बिनी प्रदेशमा एक सय ४१, कर्णाली प्रदेशमा ३७ र प्रदेश दुईमा ३१ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय