उपत्यकामा एक हजार ३९८, काठमाडौंमा एक हजार ३० जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ कार्तिक २१, शुक्रबार

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ३ सय ९८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार ३० जना छन् भने ललितपुरमा एक सय ८७ र भक्तपुरबाट एक सय २१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १९ हजार ८ सय ५५ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ४ हजार ८ सय ७५ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार ९ सय ८० रहेको छ ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ८४ हजार ३ सय ४४ जना रहेको छ ।
हालसम्म काठमाडौंमा ६८ हजार ४ सय ४९ जना संक्रमित भइसके भने ललितपुरमा ९ हजार ६ सय ६३ र भक्तपुरमा ६ हजार २ सय ३२ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ६४ हजार ९६ जनाले कोरोनालाई जितिसके भने तीन सय ९३ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लामा कति थपिए
पछिल्लो परिक्षणमा कास्कीमा एक सय २९, मोरङमा एक सय २७, चितवनमा एक सय २६, दाङमा एक सय १४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रेपलान्चोक र रुपन्देहीमा ७०/७० जनामा संक्रमण देखिएको छ ।
त्यस्तै मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७, सिराहामा ३१, धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०/२० जनामा संक्रमण भेटिएको छ ।
धादिङ र सिन्धुपाल्चोकमा १९/१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा र बागलुङमा १४/१४, रौतहट र नुवाकोटमा १३/१३, दोलखा र नवलपरासी (पश्चिम) मा १२/१२, सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०/१० जना संक्रमित देखिए ।
त्यसैगरी दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्वत र डडेलधुरामा ७/७, तेहथुमममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्यूठानमा ५/५, ओखलढुङ्गा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कन्चनपुर, डोटीमा ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।
रुकुमपश्चिम, सल्यान, बझाङमा ३/३, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २/२, सिन्धुली, रुकुमपूर्व, कालिकोट, डोल्पा, दार्चुला, वैतडी र बाजुरमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ६ सय ६३ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ७२ जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा ३ सय ३३, गण्डकी प्रदेशमा ३ सय १५, लुम्बिनी प्रदेशमा ३ सय १०, प्रदेश दुईमा एक सय १७, सुदुरपश्चिम प्रदेशमा ९९ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय