arin enterprises

आजका कुल संक्रमितमध्ये ५४.६३ प्रतिशत काठमाडौं उपत्यकामा

SamacharDesk – बिकाश | २०७७ कार्तिक ३०, आइतबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५४ दशमल ६३ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।

आज काठमाडौं उपत्यकामा ८ सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ५२ जना छन् भने पुरुषको संख्या ४ सय ५५ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ६ सय ३२ जना छन् भने ललितपुरमा एक सय ३३ र भक्तपुरमा ४२ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १८ हजार ८ सय ४ जना सक्रिय संक्रमित उपचाररत छन् ।

संस्थागत आइसोलेसनमा ४ हजार ४ सय ८९ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार ३ सय १५ रहेको छ ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९६ हजार ६ सय ५८ जना पुगेको छ । हालसम्म काठमाडौंमा ७८ हजार २ सय ७७ जना संक्रमित भइसके भने ललितपुरमा ११ हजार २ सय ९५ र भक्तपुरमा ७ हजार ८६ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ७७ हजार ३ सय ९५ जनाले कोरोनालाई जितिसके भने ४ सय ५९ जनाले ज्यान गुमाइसके ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटक रुपन्देहीमा ९१, दाङमा ६४, नुवाकोटमा ४४, कास्कीमा ३९, चितवनमा ३६, कैलालीमा ३३, मोरङमा ३१, बाँकेमा २८, सुनसरीमा २६, झापा, गुल्मी, पाल्पामा २२/२२ जनामा संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्यूठानमा १०, धादिङमा ९, ताप्लेजुङ र नवलपरासी (पुर्व) मा ८/८, तेर्‍हथुममा ७, धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कन्चनपुर, बझाङ, वैतडीमा ६/६ जना संक्रमित भेटिएका छन् ।

सिराहा, इलाम, दोलखामा ५/५, खोटाङ, सप्तरी, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँचीमा ४/४, रसुवा, स्याङ्जा, अछाम, बारामा ३/३ जना कोरोना पोजेटिभ पाइएका छन् ।

भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुमपश्चिम, सुर्खेत, डडेलधुरामा २/२ र उदयपुर, ओखलढुङ्गा, धनुषा, महोत्तरी, सल्यान, हुम्लामा एक/एक जनामा संक्रमण देखिएको छ ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ९ सय १७ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा मात्र १२ जना छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा २ सय ८२, प्रदेश एकमा एक सय २८, गण्डकी प्रदेशमा ६४, सुदुरपश्चिम प्रदेशमा ५६ र प्रदेश दुईमा १८ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय