पछिल्लो परिक्षणबाट उपत्यकामा ११ प्रतिशत संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ६, शनिबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय ९९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ८७ जना छन् भने पुरुषको संख्या ५ सय १२ रहेको छ ।
उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय ८५ जना छन् भने ललितपुरबाट एक सय ६५ र भक्तपुरबाट ४९ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १२ हजार ९ सय ८४ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख एक हजार ७ सय ७१ जना पुगेको छ । हालसम्म काठमाडौंमा ८२ हजार २ सय ७३ जना संक्रमित भइसके भने ललितपुरमा ११ हजार एक सय १३ र भक्तपुरमा ७ हजार ३ सय ८५ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ८८ हजार २ सय ९७ जनाले कोरोनालाई जितिसके भने ४ सय ९० जनाले ज्यान गुमाइसके ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटक कास्कीमा ७५, चितवनमा ६१, झापा र रुपन्देहीमा ५७/५७, काभ्रेपलान्चोकमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कपिलवस्तु र नवलपरासीमा ३३/३३, नवलपरासी (पुर्व) मा २८ र मकवानपुरमा २५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै पाल्पामा १९, धादिङमा १८, बर्दियामा १७, धनुषामा ११, दाङमा १०, गोरखामा ९, नुवाकोटमा ८, धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, रोल्पामा ७/७, पर्वत, डडेलधुरा, बझाङमा ६/६ जना संक्रमित भेटिएका छन् ।
सुनसरी, बारा, लमजुङमा ५/५, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख, सल्यानमा ४/४, महोत्तरी, दोलखा, म्याग्दी, प्यूठान, अछाम, कन्चनपुरमा ३/३, उदयपुर सप्तरी, सिन्धुलीमा २/२, खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुमपुर्व, रुकुमपश्चिम, सुर्खेत, वैतडी, बाजुरामा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ८३ जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा २ सय २७, गण्डकी प्रदेशमा एक सय ८४, प्रदेश एकमा ७८, सुदुरपश्चिम प्रदेशमा ६० र प्रदेश दुईमा ३२ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय