arin enterprises

उपत्यकामा ७ सय ५८ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ११, बिहिबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ७ सय ५८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ३७ जना छन् भने पुरुषको संख्या ४ सय ४८ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय २० जना छन् भने ललितपुरबाट एक सय १४ र भक्तपुरबाट ५१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ९ हजार ७ सय २७ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ६ हजार ३ सय २ जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ८५ हजार ७ सय ७२ जना संक्रमित भइसके भने ललितपुरमा १२ हजार ८ सय ४ र भक्तपुरमा ७ हजार ७ सय २६ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ९६ हजार ५१ जनाले कोरोनालाई जितिसके भने ५ सय २४ जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटकको परिक्षणमा मोरङमा एक सय ५३, झापामा ७६, चितवन र दाङमा ५२/५२, नवलपरासी (पुर्व) मा ५१, सुनसरीमा ४५, रुपन्देहीमा ४१, कास्कीमा ४०, कैलालीमा २८, बाँकेमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बझाङमा १९, मकवानपुरमा १७, काभ्रेपलान्चोकमा १५, कन्चनपुरमा १४, तनहुँ, अर्घाखाँची, पाल्पामा ११/११, बर्दियामा १० जना संक्रमित भेटिएका छन् ।

सिन्धुपाल्चोकमा ९, गोरखा र स्याङ्जामा ८/८, सप्तरी, धादिङ, गुल्मी, नवलपरासी, रोल्पामा ७/७, उदयपुर, बागलुङ, डडेलधुरामा ६/६, धनकुटा, धनुषा, सर्लाही, रामेछाप, सुर्खेतमा ५/५ जना कोरोना पोजेटिभ पाइएका छन् ।

महोत्तरी, सिराहा, दोलखा, नुवाकोट, सिन्धुली, दैलेख, सल्यानमा ४/४, पाँचथर, भोजपुर, बारा, प्यूठानमा ३/३, खोटाङ, संखुवासभा, इलाममा २/२, ओखलढुङ्गा, सोलुखुम्बु, पर्सा, रौतहट, रसुवा, पर्वत, कपिलवस्तु, जुम्ला, रुकुमपश्चिम, अछाम, वैतडीमा एक/एक जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५५ दशमलव ९४ प्रतिशत रहेका छन् ।

पछिल्लो संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ९ सय ३ जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १५ जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा २ सय ९९, लुम्बिनी प्रदेशमा एक सय ७३, गण्डकी प्रदेशमा एक सय २५, सुदुरपश्चिम प्रदेशमा ६९ र प्रदेश २ मा ३० जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय