arin enterprises

उपत्यकामा ५ सय ३०, वागमती प्रदेशमा ६ सय ४९ नयाँ संक्रमित

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १६, मंगलबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ३० जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ४० जना छन् भने पुरुषको संख्या २ सय ९० रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय ९ जना छन् भने ललितपुरबाट ८५ र भक्तपुरबाट ३६ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ८ हजार ७ सय ७१ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ९ हजार ६ सय ५६ जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ८८ हजार ३ सय २ जना संक्रमित भइसके भने ललितपुरमा १३ हजार ३ सय ५९ र भक्तपुरमा ७ हजार ९ सय ९५ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख २ सय ९२ जनाले कोरोनालाई जितिसके भने ५ सय ९३ जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटक कास्कीमा सय जना, झापामा ६८, मोरङमा ६१, सुनसरीमा ५२, रुपन्देहीमा ४५, काभ्रेपलान्चोकमा ४०, बाँकेमा ३०, मकवानपुरमा २९, चितवनमा २२ जनामा संक्रमण भेटिएको छ ।

त्यस्तै बर्दिया र अछाममा १९/१९, बैतडीमा १८, नवलपरासी (पुर्व) मा १५, धनुषा, पाल्पा, कन्चनपुरमा १४/१४, बागलुङमा १३, डडेलधुरामा १२, सिन्धुपाल्चोक, स्याङ्जा, कैलाली र इलाममा ११/११ जनामा संक्रमण देखिएको छ ।

तनहुँ र बझाङमा १०/१०, सप्तरी, कपिलवस्तु, गुल्मीमा ९/९, धादिङ र अर्घाखाँचीमा ८/८, नवलपरासी र बाजुरामा ६/६, सिराहामा ५, ओखलढुङ्गा, बारा, सर्लाही, रामेछाप, लमजुङ, दाङ र प्यूठानमा ४/४ जना कोरोना पोजेटिभ पाइएका छन् ।

त्यसैगरी पर्सा, महोत्तरी, रौतहट र गोरखामा ३/३, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेर्‍हथुम, धनकुटा, भोजपुर, दोलखा, सिन्धुली र मुस्ताङमा २/२, पाँचथर, नुवाकोट, पर्वत, म्याग्दी, रोल्पा, डोटी र दार्चुलामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा भेटिएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ४९ दशमलव ७६ प्रतिशत रहेका छन् ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ६ सय ४९ जना छन् भने कर्णाली प्रदेशमा एक जना पनि नयाँ संक्रमित भेटिएको छैन ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा २ सय ९, गण्डकी प्रदेशमा एक सय ६०, लुम्बिनी प्रदेशमा एक सय ४९, सुदुरपश्चिम प्रदेशमा ९२ र प्रदेश २ मा ४५ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय