arin enterprises

एक हजार ४९० जना संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १७, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४ सय ९० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ६५ जना छन् भने पुरुषको संख्या ९ सय २५ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३६ हजार २ सय ४६ पुगेको छ ।

पछिल्लो पटक एक हजार ५ सय ६७ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख १८ हजार एक सय ६१ पुगेको छ ।

आजसम्म १७ लाख ५४ हजार ६ सय ३० स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ८ हजार ३ सय वटा नमूनाको परिक्षण भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ सय ५ जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ जना रहेका छन् । तीमध्ये १० हजार ७ सय ४१ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८ सय ६ जना संस्थागत आइसोलेसनमा छन् ।

३ सय ६५ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६४ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३२, प्रदेश २ मा ७, वागमती प्रदेशमा एक सय ४४, गण्डकी प्रदेशमा ९४, लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ११, प्रदेश २ मा २, वागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ६४ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय ३८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय