arin enterprises

उपत्यकामा एक लाख १० हजार ३७९ संक्रमितमध्ये निको हुनेको संख्या एक लाख एक हजार १५३

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १७, बुधबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय २३ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला ३ सय २५ जना छन् भने पुरुषको संख्या ३ सय ९८ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ५ सय ३१ जना छन् भने ललितपुरबाट एक सय ३४ र भक्तपुरबाट ५८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ८ हजार ६ सय २९ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १० हजार ३ सय ७९ जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ८८ हजार ८ सय ३३ जना संक्रमित भइसके भने ललितपुरमा १३ हजार ४ सय ९३ र भक्तपुरमा ८ हजार ५३ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख एक हजार एक सय ५३ जनाले कोरोनालाई जितिसके भने ५ सय ९७ जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटक कैलालीमा एक सय १२, दाङमा ६९, कास्कीमा ५८, चितवनमा ४८, झापामा ३१, मोरङमा २९, रुपन्देहीमा २८, सुनसरीमा २४, नुवाकोट र लमजुङमा २३/२३, बाँकेमा २२, गोरखा र इलाममा २१/२१ जना संक्रमित भेटिएका छन् ।

काभ्रेपलान्चोक र पाल्पामा १९/१९, मकवानपुरमा १८, कन्चनपुरमा १७, धादिङमा १६, तनहुँमा १४, रामेछापमा १३, अछाममा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनुषा र सिन्धुपाल्चोकमा ९/९, सिराहा र बाजुरामा ८/८, रसुवा र स्याङ्जामा ७/७, नवलपरासी, प्युठान, बर्दिया र बझाङमा ६/६, पर्सा, महोत्तरी, दोलखार अर्घाखाँचीमा ५/५, रुकुमपश्चिममा ४ जना कोरोना पोजेटिभ पाइएका छन् ।

उदयपुर, बारा, नवलपरासी (पुर्व), पर्वत, बागलुङ, कपिलवस्तु र गुल्मीमा ३/३, धनकुटा, सप्तरी, सर्लाहीमा २/२, ताप्लेजुङ, पाँचथर, भोजपुर, रौतहट, सिन्धुली, रोल्पा, डडेलधुरा र दार्चुलामा एक/एक जनामा संक्रमण देखिएको छ ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा भेटिएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५९ दशमलव १९ प्रतिशत रहेका छन् ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ८ सय ८२ जना छन् भने कर्णाली प्रदेशमा ४ जना .नयाँ संक्रमित भेटिएका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा एक सय ६१, सुदुरपश्चिम प्रदेशमा एक सय ५६, गण्डकी प्रदेशमा एक सय ३२, प्रदेश एकमा एक सय १३ र प्रदेश २ मा ३५ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय