९ हजार २८९ परिक्षणमा एक हजार ३४३ जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १८, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ४३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ३४ जना छन् भने पुरुषको संख्या ८ सय ९ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।
पछिल्लो पटक २ हजार एक सय ११ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।
आजसम्म १७ लाख ६३ हजार ९ सय १९ स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ९ हजार २ सय ८९ वटा नमूनाको परिक्षण भएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय ७६ जना रहेको छ ।
सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ जना रहेका छन् । तीमध्ये १० हजार २ सय ७१ जना होम आइसोलेसनमा छन् भने ५ हजार ४ सय ९५ जना संस्थागत आइसोलेसनमा छन् ।
३ सय ८८ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६५ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा २९, प्रदेश २ मा ६, वागमती प्रदेशमा एक सय ७६, गण्डकी प्रदेशमा ८४, लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा ९/९ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ९, प्रदेश २ मा एक, वागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ६४ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय ५१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय