काठमाडौं उपत्यकामा ५ सय ६१ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १८, बिहिबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ६१ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ५० जना छन् भने पुरुषको संख्या ३ सय ११ रहेको छ ।
उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय ५५ जना छन् भने ललितपुरबाट ८० र भक्तपुरबाट २६ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ८ हजार एक सय ९८ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ९ हजार ५ सय ४७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म काठमाडौंमा ८९ हजार २ सय ८८ जना संक्रमित भइसके भने ललितपुरमा १२ हजार एक सय ८० र भक्तपुरमा ८ हजार ७९ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख २ हजार एक सय ३८ जनाले कोरोनालाई जितिसके भने ६ सय ४ जनाको मृत्यु भइसक्यो ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटक मोरङमा एक सय २८, कास्कीमा ६९, झापामा ६७, सुनसरीमा ५६, रुपन्देहीमा ४१, दाङमा ४०, चितवनमा ३२, बाँकेमा २७ जनामा संक्रमण भेटिएको छ ।
त्यसैगरी तनहुँमा १९, लमजुङमा १७, संखुवासभा र सप्तरीमा १५/१५, धनुषा, मकवानपुर र बर्दियामा १४/१४, पाल्पा, रसुवा, बागलुङ र डडेलधुरामा १२/१२, स्याङ्जा र अछाममा ११/११ जनामा संक्रमण देखिएको छ ।
गोरखामा ९, सिराहा, धादिङ, कैलालीमा ८/८, नवलपरासी र जुम्लामा ७/७, काभ्रेपलान्चोकमा ६, सर्लाही, नवलपरासी (पुर्व), अर्घाखाँची, डोटी र इलाममा ५/५, उदयपुर, पर्सा, बारा, दोलखा, बझाङ र रुकुमपश्चिममा ४/४ जना कोरोना पोजेटिभ पाइएका छन् ।
त्यस्तै पर्वतमा ३, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक, म्याग्दी, कपिलवस्तु, गुल्मी, कन्चनपुर र वैतडीमा २/२, खोटाङ, ताप्लेजुङ, पाँचथर, महोत्तरी, प्यूठान, रुकुमपुर्व, रोल्पा, कालिकोट, दैलेख र सुर्खेतमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा भेटिएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ४८ दशमलव ४७ प्रतिशत रहेका छन् ।
पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ६ सय ५१ जना छन् भने कर्णाली प्रदेशमा १४ जना.नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा २ सय ८२, लुम्बिनी प्रदेशमा एक सय ५४, गण्डकी प्रदेशमा एक सय ४७, प्रदेश २ मा ५१ र सुदुरपश्चिम प्रदेशमा ४४ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय