arin enterprises

एक हजार २७२ नयाँ संक्रमित थप, ८ हजार ३१ नमूनाको मात्र परिक्षण

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १९, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार २ सय ७२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय ८४ जना छन् भने पुरुषको संख्या ७ सय ८८ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

पछिल्लो पटक एक हजार ५ सय ७५ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

आजसम्म १७ लाख ७१ हजार ९ सय ५० स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ८ हजार ३१ वटा नमूनाको परिक्षण भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय ३७ जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ जना रहेका छन् । तीमध्ये १० हजार ३ सय ९४ जना होम आइसोलेसनमा छन् भने ५ हजार ५३ जना संस्थागत आइसोलेसनमा छन् ।

३ सय २८ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५४ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा २६, प्रदेश २ मा ८, वागमती प्रदेशमा एक सय २२, गण्डकी प्रदेशमा ८१, लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ८, प्रदेश २ मा एक, वागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५४ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय ६७ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय