arin enterprises

वागतमी प्रदेशका ६ सय ९३ संक्रमितमध्ये उपत्यकामै ६ सय ६

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १९, शुक्रबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ६ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ४७ जना छन् भने पुरुषको संख्या ३ सय ५९ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय ४० जना छन् भने ललितपुरबाट एक सय २५ र भक्तपुरबाट ४१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ७ हजार ७ सय ९१ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ११ हजार ५ सय ४६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा ८९ हजार ७ सय २८ जना संक्रमित भइसके भने ललितपुरमा १३ हजार ६ सय ९८ र भक्तपुरमा ८ हजार एक सय २० जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ३ हजार एक सय ४५ जनाले कोरोनालाई जितिसके भने ६ सय १० जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटक कास्कीमा ७९, मोरङमा ६१, अछाममा ४०, सुनसरी र रुपन्देहीमा ३६/३६, झापा र बाँकेमा ३०/३० जनामा संक्रमण देखिएको छ ।

चितवनमा २९, नवलपरासी (पूर्व) मा २८, कैलालीमा २४, गुल्मी र दाङमा २१/२१, काभ्रेपलान्चोक र पाल्पामा १९/१९, धनुषामा १३, मकवानपुरमा १२, स्याङ्जा र डडेलधुरामामा ११/११, दोलखामा १० जनामा संक्रमण पुष्टि भएको छ ।

सिराहा, म्याग्दी, नवलपरासी र दार्चुलामा ९/९, इलाममा ८, सिन्धुपाल्चोक, गोरखा, बर्दिया र कन्चनपुरमा ७/७, बारा, धादिङ, अर्घाखाँची र प्यूठानमा ५/५, सर्लाहीमा ४, उदयपुर, संखुवासभा, तनहुँ, बागलुङ र डोटीमा ३/३ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी धनकुटा, सप्तरी, नुवाकोट, रामेछाप, लमजुङ, दैलेख र वैतडीमा २/२, ओखलढुङ्गा, खोटाङ, ताप्लेजुङ, तेर्‍हथुम, पर्सा, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत, कपिलवस्तु र रोल्पामा एक/एक जना कोरोना संक्रमित पाइएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा भेटिएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५४ दशमलव ४८ प्रतिशत रहेका छन् ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ६ सय ९३ जना छन् भने कर्णाली प्रदेशमा २ जना.नयाँ संक्रमित भेटिएका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा एक सय ५५, प्रदेश एकमा एक सय ४७, गण्डकी प्रदेशमा एक सय ४३, सुदुरपश्चिम प्रदेशमा ९६ र प्रदेश २ मा ३६ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय