पिसिआर परिक्षण घट्दै, आज मात्र ६ हजार ७४ नमूनाको परिक्षण
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २०, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार २४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय २ जना छन् भने पुरुषको संख्या ६ सय २२ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।
पछिल्लो पटक २ हजार २ सय ६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
आजसम्म १७ लाख ७८ हजार २४ स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ६ हजार ७४ वटा नमूनाको परिक्षण भएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय ३६ जना रहेको छ ।
सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ जना रहेका छन् । तीमध्ये ९ हजार २ सय ३६ जना होम आइसोलेसनमा छन् भने ५ हजार १९ जना संस्थागत आइसोलेसनमा छन् ।
३ सय १२ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ४५ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३०, प्रदेश २ मा १०, वागमती प्रदेशमा एक सय १२, गण्डकी प्रदेशमा ८०, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा १० र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ६, प्रदेश २ मा एक, वागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ४५ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय ७७ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय