arin enterprises

उपत्यकामा ४ सय ६०, वागमती प्रदेशमा ५ सय ७४ नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २०, शनिबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ६० जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला २ सय ४ जना छन् भने पुरुषको संख्या २ सय ५६ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ३ सय ४९ जना छन् भने ललितपुरबाट ६५ र भक्तपुरबाट १८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ७ हजार २ सय ७२ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ११ हजार ९ सय ७६ जना पुगेको छ । हालसम्म काठमाडौंमा ९० हजार ७७ जना संक्रमित भइसके भने ललितपुरमा १३ हजार ७ सय ३६ र भक्तपुरमा ८ हजार एक सय ३६ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ४ हजार ९२ जनाले कोरोनालाई जितिसके भने ६ सय १४ जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटक नुवाकोटमा ४६, कास्कीमा ४५, रुपन्देहीमा ४१, झापामा ३९, अछाममा ३५, कैलालीमा ३३, काभ्रेपलान्चोकमा २९, सुनसरीमा २८, बाँकेमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषामा १८, कन्चनपुरमा १७, पर्सा, मकवानपुर र लमजुङममा १५/१५, सिन्धुली र बागलुङमा १४/१४, चितवन, कपिलवस्तु, दाङ र बझाङमा ११/११ जना संक्रमित भेटिएका छन् ।

तनहुँ र बर्दियामा ९/९, धादिङमा ८, दोलखामा ७, इलाम र रामेछापमा ६/६, नवलपरासी र पाल्पामा ५/५, मोरङ, सोलुखुम्बु, सिराहा, रसुवा, स्याङ्जा, जुम्ला र डडेलधुरामा ४/४ जनामा संक्रमण देखिएको छ ।

सर्लाही, दैलेख, दार्चुला र वैतडीमा ३/३, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी, पर्वत, म्याग्दी, प्यूठान, रोल्पा, डोटीमा २/२, उदयपुर, ओखलढुङ्गा, खोटाङ, अर्घाखाँची, गुल्मीमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा भेटिएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५६ दशमलव ०५ प्रतिशत रहेका छन् ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ५ सय ७४ जना छन् भने कर्णाली प्रदेशमा ७ जना.नयाँ संक्रमित भेटिएका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा एक सय ८/एक सय ८, गण्डकी प्रदेशमा ९३, प्रदेश एकमा ८६, र प्रदेश २ मा ४८ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय