आज पनि मात्र ६ हजार ४९५ परिक्षण, एक हजार ९६ जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २१, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय ८ जना छन् भने पुरुषको संख्या ६ सय ८८ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४० हजार ९ सय ८१ पुगेको छ ।
पछिल्लो पटक एक हजार ७ सय ५२ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।
आजसम्म १७ लाख ८४ हजार ५ सय १९ स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ६ हजार ४ सय ९५ वटा नमूनाको परिक्षण भएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय ३६ जना रहेको छ ।
सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ जना रहेका छन् । तीमध्ये ८ हजार ४ सय ६१ जना होम आइसोलेसनमा छन् भने ५ हजार एक सय २१ जना संस्थागत आइसोलेसनमा छन् ।
३ सय १३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५५ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा २६, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय २५, गण्डकी प्रदेशमा ७२, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा १० र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ६, प्रदेश २ मा ३, वागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ८, लुम्बिनी प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५५ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, काठमाडौं, ललितपुर र कास्की रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय ९४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय