उपत्यकामा ४ सय ८४ नयाँ संक्रमित थप, हालसम्म एक लाख ४ हजार ९२७ निको
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २१, आइतबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ८७ जना छन् भने पुरुषको संख्या २ सय ९७ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ३ सय ५१ जना छन् भने ललितपुरबाट ७४ र भक्तपुरबाट ५९ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ६ हजार ९ सय १० जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १२ हजार ४ सय ६२ जना पुगेको छ ।
हालसम्म काठमाडौंमा ९० हजार ४ सय २८ जना संक्रमित भइसके भने ललितपुरमा १३ हजार ८ सय ३७ र भक्तपुरमा ८ हजार एक सय ९७ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ४ हजार ९ सय २७ जनाले कोरोनालाई जितिसके भने ६ सय २४ जनाको मृत्यु भइसक्यो ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटक कास्कीमा ८७, मोरङमा ५६, झापामा ३८, रुपन्देहीमा ३५, अछाममा ३४, बाँकेमा २९, दाङमा २५, चितवनमा २३, बर्दियामा २१, सुनसरीमा २० जनामा संक्रमण पुष्टि भएको छ ।
सिन्धुली र नवलपरासी (पुर्व) मा १९/१९, काभ्रेपलान्चोकमा १४, तनहुँ र पाल्पामा १३/१३, गोरखामा १२, इलाम र बझाङमा ११/११, लमजुङ र बागलुङमा १०/१० जना संक्रमित भेटिएका छन् ।
धनुषा, सिन्धुपाल्चोक र स्याङ्जामा ७/७, धादिङ र वैतडीमा ६/६, सप्तरी, सिराहा, म्याग्दी र कैलालीमा ५/५, मकवानपुर र गुल्मीमा ४/४, धनकुटा, महोत्तरी, सर्लाही, रामेछाप, रोल्पा र डोटीमा ३/३ जना कोरोना पोजेटिभ पाइएका छन् ।
ताप्लेजुङ, भोजपुर, सोलुखुम्बु, पर्सा, बारा, रौतहट, नुवाकोट, मुस्ताङ, अर्घाखाँची, नवलपरासी र रुकुमपुर्वमा २/२, उदयपुर, ओखलढुङ्गा, तेहथुम, रसुवा, कपिलवस्तु, पर्वत, रुकुमपश्चिम, सल्यान, कन्चनपुर, डडेलधुरा र दार्चुलामा एक/एक जना संक्रमित भेटिएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा भेटिएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५१ दशमलव ३६ प्रतिशत रहेका छन् ।
पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ५ सय ६३ जना छन् भने कर्णाली प्रदेशमा २ जना.नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा गण्डकी प्रदेशमा एक सय ६६, प्रदेश एकमा र लुम्बिनी प्रदेशमा एक सय ३७/एक सय ३७, सुदुरपश्चिममा ६२, प्रदेश २ मा २९ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय