arin enterprises

मात्र ३ जिल्लामा पाँच सय बढि सक्रिय संक्रमित, दुई जिल्लामा शुन्य संक्रमित

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २२, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार १४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ३ सय ७० जना छन् भने पुरुषको संख्या ६ सय ४४ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।

पछिल्लो पटक एक हजार ६ सय २८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।

आजसम्म १७ लाख ९० हजार ७ सय ३९ स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ६ हजार २ सय २० वटा नमूनाको परिक्षण भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय २७ जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ८४ जना रहेका छन् । तीमध्ये ८ हजार ६० जना होम आइसोलेसनमा छन् भने ४ हजार ९ सय २४ जना संस्थागत आइसोलेसनमा छन् ।

३ सय ३२ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५३ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा २९, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय १३, गण्डकी प्रदेशमा ९८, लुम्बिनी प्रदेशमा ६७, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ६, प्रदेश २ मा ३, वागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५३ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्ला अब मात्र ३ वटा रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा मात्र ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय