उपत्यकामा थप ४ सय ४२ जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २२, सोमबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ४२ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ८८ जना छन् भने पुरुषको संख्या २ सय ५४ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ३ सय ४४ जना छन् भने ललितपुरबाट ६७ र भक्तपुरबाट ३१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ६ हजार ५ सय ५८ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १२ हजार ९ सय ४ जना पुगेको छ ।
हालसम्म काठमाडौंमा ९० हजार ७ सय ७२ जना संक्रमित भइसके भने ललितपुरमा १३ हजार ९ सय ४ र भक्तपुरमा ८ हजार २ सय २८ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ६ हजार ८ सय ७६ जनाले कोरोनालाई जितिसके भने ६ सय ३४ जनाको मृत्यु भइसक्यो ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटक रुपन्देहीमा ५३, चितवनमा ३६, कास्कीमा ३०, कपिलवस्तु र दाङमा २८/२८, कन्चनपुरमा २७, कैलालीमा २४, झापा र अछाममा २२/२२ र मोरङमा २० जना कोरोना पोजेटिभ देखिएका छन् ।
त्यस्तै सुर्खेतमा १६, काभ्रेपलान्चोक र अर्घाखाँचीमा १५/१५, पाल्पामा १४, प्यूठान र डडलेधुरामा १२/१२, सुनसरी र पर्वतमा ११/११, इलाम, तनहुँ, नवलपरासी र बझाङमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।
बारा, मकवानपुर, बागलुङ र बाँकेमा ९/९, धादिङ र नवलपरासी (पुर्व) मा ८/८, संखुवासभा र स्याङ्जामा ६/६, सप्तरी, सिन्धुपाल्चोक र लमजुङमा ५/५, नुवाकोट, गोरखा, जुम्ला र मुगुमा ४/४ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी ताप्लेजुङ, धनुषा, सिराहा, दोलखा, बर्दिया र कालिकोटमा ३/३, ओखलढुङ्गा, पर्सा, सर्लाही, गुल्मी, रोल्पा, जाजरकोट, दैलेख र वैतडीमा २/२, तेहथुम, पाँचथर, महोत्तरी, रौतहट, रामेछाप, सिन्धुली र बाजुरमा एक/एक जना संक्रमित भेटिएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा भेटिएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५१ दशमलव ६७ प्रतिशत रहेका छन् ।
पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ५ सय २४ जना छन् भने सबैभन्दा कम प्रदेश दुईमा २६ जना.नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा एक सय ७६, सुदुरपश्चिम प्रदेशमा ९८, गण्डकी प्रदेशमा ८३, प्रदेश एकमा ७६ र कर्णाली प्रदेशमा ३१ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय