arin enterprises

८ हजार ९४७ नमूना परिक्षणमा एक हजार ३८२ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ८२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ४६ जना छन् भने पुरुषको संख्या ८ सय ३६ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।

पछिल्लो पटक एक हजार ६ सय २१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

आजसम्म १७ लाख ९९ हजार ६ सय ८६ स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ८ हजार ९ सय ४७ वटा नमूनाको परिक्षण भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय २३ जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ जना रहेका छन् । तीमध्ये ८ हजार ४७ जना होम आइसोलेसनमा छन् भने ४ हजार ६ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् ।

३ सय ५४ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५८ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३८, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय ३८, गण्डकी प्रदेशमा ९७, लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ६, प्रदेश २ मा २, वागमती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ८, लुम्बिनी प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५८ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा मात्र ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय ३७ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय