उपत्यकामा ५ सय ९४ नयाँ संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ९४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला २ सय ६३ जना छन् भने पुरुषको संख्या ३ सय ३१ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय १२ जना छन् भने ललितपुरबाट एक सय १३ र भक्तपुरबाट ६९ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ६ हजार ३ सय १९ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १३ हजार ४ सय ९८ जना पुगेको छ । हालसम्म काठमाडौंमा ९१ हजार एक सय ८४ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार १७ र भक्तपुरमा ८ हजार २ सय ९७ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ६ हजार ५ सय ३४ जनाले कोरोनालाई जितिसके भने ६ सय ४५ जनाको मृत्यु भइसक्यो ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटकको परिक्षणमा कास्कीमा ९७, सुनसरीमा ७५, चितवनमा ६९, कैलालीमा ६२, मोरङमा ५५, रुपन्देहीमा ५१, बाँकेमा ३६, कन्चनपुरमा २८, झापामा २५, नवलपरासी (पुर्व) मा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै काभ्रेपलान्चोक र धादिङमा १८/१८, दाङ र पाल्पामा १५/१५, गुल्मी र बर्दियामा १४/१४, बागलुङमा ११ र दोलखामा १० जना कोरोना पोजेटिभ देखिएका छन् ।
संखुवासभा, सप्तरी र सिन्धुपाल्चोकमा ९/९, तनहुँ र बझाङमा ८/८, लमजुङ, स्याङ्जा र अछाममा ७/७, इलाम, सिराहा, मकवानपुर, गोरखा र नवलपरासीमा ६/६, धनुषामा ५, पाँचथर, रामेछाप, अर्घाखाँची र डडेलधुरामा ४/४ जना संक्रमित भेटिएका छन् ।
सोलुखुम्बु, रुकुमपश्चिम र वैतडीमा ३/३, उदयपुर, ओखलढुङ्गा, रौतहट, सर्लाही, रसुवा, पर्वत, सुर्खेत र बाजुरामा २/२, धनकुटा, भोजपुर, पर्सा, नुवाकोट, कपिलवस्तु, प्यूठान, रोल्पा, कालिकोट, सल्यान, हुम्ला र डोटीमा एक/एक जनामा संक्रमण देखिएको छ ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा भेटिएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५२ दशमलव ८९ प्रतिशत रहेका छन् ।
पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ७ सय ३१ जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ८ जना.नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा एक सय ८३, गण्डकी प्रदेशमा एक सय ६२, लुम्बिनी प्रदेशमा एक सय ५८, सुदुरपश्चिम प्रदेशमा एक सय १५ र प्रदेश २ मा २५ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय