arin enterprises

मात्र ६ हजार २८६ नमूना परिक्षण, एक हजार ५६ जनामा संक्रमण पुष्टि

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ मङ्सिर २४, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ५६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ३ सय ८६ जना छन् भने पुरुषको संख्या ६ सय ७० रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।

पछिल्लो पटक एक हजार ४ सय ८३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख ३० हजार ५सय ३७ पुगेको छ ।

आजसम्म १८ लाख ५ हजार ९ सय ७२ स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ६ हजार २ सय ८६ वटा नमूनाको परिक्षण भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय २३ जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ जना रहेका छन् । तीमध्ये ७ हजार ६ सय ९ जना होम आइसोलेसनमा छन् भने ४ हजार ६ सय ३६ जना संस्थागत आइसोलेसनमा छन् ।

३ सय ३० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५७ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३८, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय ३८, गण्डकी प्रदेशमा ९७, लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ५, वागमती प्रदेशमा ३५, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा ४ कर्णाली प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५८ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा मात्र ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय ५१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय