वागमतीमा ६ सय ४, काठमाडौं उपत्यकामा ४ सय ९६ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २४, बुधबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ९६ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला २ सय १४ जना छन् भने पुरुषको संख्या २ सय ८८ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ३ सय ९३ जना छन् भने ललितपुरबाट ७५ र भक्तपुरबाट ३९ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ६ हजार एक सय ७४ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १४ हजार ५ जना पुगेको छ ।
हालसम्म काठमाडौंमा ९१ हजार ५ सय ७७ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार ९२ र भक्तपुरमा ८ हजार ३ सय ३६ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ७ हजार एक सय ७९ जनाले कोरोनालाई जितिसके भने ६ सय ५२ जनाको मृत्यु भइसक्यो ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटकको परिक्षणमा कास्कीमा ८४, अछाममा ४४, रुपन्देहीमा ३९, चितवनमा ३६, नुवाकोटमा २८, ओखलढुङ्गामा २६, मोरङमा २३, डडेलधुरामा २२ र बाँकेमा २० जना कोरोना पोजेटिभ देखिएका छन् ।
त्यस्तै इलाम र बर्दियामा १५/१५, सुनसरी र रसुवामा १३/१३, लमजुङमा १०, सोलुखुम्बु, मकवानपुर र नवलपरासी (पुर्व) मा ८/८, स्याङ्जा, दाङ र नवलपरासीमा ७/७, धनुषा, तनहुँ, कपिलवस्तु, कैलाली र बाजुरामा ६/६ जना संक्रमित भेटिएका छन् ।
धादिङ, बागलुङ, पाल्पा र बैतडीमा ५/५, उदयपुर, संखुवासभा, पर्सा, बारा, सप्तरी र प्यूठानमा ४/४, काभ्रेपलान्चोक, गोरखा, पर्वत, अर्घाखाँची, गुल्मी, जुम्ला, सुर्खेत र दार्चुलामा ३/३ जनामा संक्रमण देखिएको छ ।
महोत्तरी, रौतहट, सर्लाही, सिराहा, सिन्धुपाल्चोकमा २/२ र ताप्लेजुङ, भोजपुर, दोलखा, रामेछाप, म्याग्दी, दैलेख, कन्चनपुर, बझाङमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा भेटिएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५७ दशमलव १९ प्रतिशत रहेका छन् ।
पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ६ सय ४ जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ जना.नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा गण्डकी प्रदेशमा एक सय २७, लुम्बिनी प्रदेशमा एक सय ९, प्रदेश एकमा ९५, सुदुरपश्चिम प्रदेशमा ८८, प्रदेश २ मा २६ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय