arin enterprises

एक हजार ४४ नयाँ संक्रमित थप, परिक्षण संख्या ७ हजार ४१४ मात्रै

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २६, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय ११ जना छन् भने पुरुषको संख्या ६ सय ३३ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।

पछिल्लो पटक एक हजार २ सय ७१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।

आजसम्म १८ लाख २० हजार ६ सय १८ स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ७ हजार ४ सय १४ वटा नमूनाको परिक्षण भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय १९ जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या १२ हजार एक सय ४८ जना रहेका छन् ।

तीमध्ये ७ हजार ३ सय ४१ जना होम आइसोलेसनमा छन् भने ४ हजार ८ सय ७ जना संस्थागत आइसोलेसनमा छन् । ३ सय १० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५० जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३७, प्रदेश २ मा ६, वागमती प्रदेशमा एक सय १६, गण्डकी प्रदेशमा ८४, लुम्बिनी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ७, प्रदेश २ मा २, वागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा ३ कर्णाली प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५० जना भेन्टिलेटरमा छन् ।

हाल मनाङ जिल्ला मात्रै संक्रमण शुन्य रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा मात्र ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय