arin enterprises

कहाँ कहाँ थपिए नयाँ संक्रमित

SamacharDesk – विकाश | २०७७ आषाढ २०, शनिबार

आज देशका विभिन्न भागमा रहेका २३ वटा प्रयोगशालामा गरिएका स्वाब नमूनाको परिक्षणमा थप २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विभिन्न २६ वटा जिल्लाका २ सय ३२ जनामा संक्रमण देखिएको जनाएको छ ।

सबैभन्दा बढि अछाममा ३७ जनामा संक्रमित थप भए भने सप्तरीमा ३६ जना नयाँ संक्रमित थपिए । त्यसैगरी सिराहामा २१ र सर्लाहीमा १६ र धनुषामा १५ जनामा संक्रमण पुष्टि भयो ।

त्यसैगरी सिन्धुपाल्चोकमा १२ जनामा संक्रमण देखिँदा गुल्मीमा ९ जना र प्यूठानमा ८ जनामा संक्रमण भेटियो ।

नवलपरासी पूर्वमा ७, कन्चनपुर, मोरङ र चितवनमा ६/६ जना संक्रमित हुँदा झापा र बाँकेमा ५/५ जनामा संक्रमण देखिएको छ ।

नवलपरासी र रुपन्देहीमा ४/४ जना, डडेलधुरा, डोटी, बागलुङ र म्याग्दीमा ३/३ जना र रोल्पामा २ जनामा संक्रमण देखिएको छ ।

इलाम, स्याङ्जा, तनहुँ, र दैलेखमा भने एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

Categorized in राष्ट्रिय