arin enterprises

संक्रमित संख्या १६ हजार नाघ्यो

SamacharDesk – विकाश | २०७७ आषाढ २३, मंगलबार

नेपालमा कोरोनाबाट संक्रमितको संख्या १६ हजार नाघेको छ ।

आज थप २ सय ४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १६ हजार नाघेको हो ।

आजको थप संख्या पछि नेपालमा संक्रमितको कुल संख्या १६ हजार एक सय ६८ पुगेको छ । 

कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ । पछिल्लो पटक ६ सय ८८ जना संक्रमितहरु निको भएका छन् ।

आजसम्ममा पिसिआर विधिबाट २ लाख ६१ हजार ८ सय ६१ र आरडिटी विधिबाट ३ लाख १२ हजार ४ सय २ परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ६ हजार १ सय ३३ वटा र आरडिटी विधिबाट ७ सय ७८ नमूनाको परिक्षणहरु भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २५ हजार ७ सय २७ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ८ हजार ६ सय ३४ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ रहेको छ । 

Categorized in राष्ट्रिय