आज पनि काठमाडौंमा १६ संक्रमित थपिए
SamacharDesk – विकाश | २०७७ आषाढ २४, बुधबार

काठमाडौं उपत्यकामा नयाँ कोरोना संक्रमितहरु दिनहुँ थपि नै रहेका छन् । आज पनि काठमाडौं र ललितपुरमा कोरोनाका नयाँ संक्रमितहरु भेटिएका छन् ।
आज देशैभरी २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये काठमाडौं र ललितपुरका २३ जना रहेका छन् ।
पछिल्ला केही दिनभित्र देशका अन्य स्थानहरुमा कोरोना संक्रमणमा नियन्त्रणमा आउँदै गरेको देखिरहँदा काठमाडौं उपत्यकामा भने बढ्दो क्रममा देखिएको छ ।
पछिल्लो २४ घन्टामा भएका नमूना परिक्षणहरुमा सबैभन्दा बढि कैलाली जिल्लामा संक्रमण भेटिएको छ । कैलालीमा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी रौतहटमा ३३, अछाममा २२, काठमाडौंमा १६, कास्की र सुर्खेतमा १४/१४, डोटी र कन्चनपुरमा १२/१२ जनामा संक्रमण भेटिएको छ ।
त्यस्तै झापामा ८, ललितपुर र रुकुमपश्चिममा ७/७ जनामा संक्रमण पुष्टि हुँदा चितवन, पाल्पा, दाङ र दैलेखमा ५/५ जना संक्रमित देखिएका छन् ।
मोरङ, सप्तरी, र बझाङ ४/४, सुनसरी, सर्लाही, नवलपरासी पूर्व र गुल्मीमा ३/३ जना र इलाम, सिराहा, वैतडी, गोरखा, काभ्रेपलान्चोक, मुगु, डडेलधुरा, रामेछाप र बाँकेमा २/२ जना संक्रमित थपिएका छन् ।
बारा, दार्चुला, धादिङ, दोलखा, लमजुङ, पर्सा, सिन्धुपाल्चोक, म्याग्दी, प्यूठान, कालिकोट, जाजरकोट र तेर्हथुममा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
Categorized in राष्ट्रिय