arin enterprises

८२ जना नयाँ संक्रमित थप

SamacharDesk – विकाश | २०७७ आषाढ २८, आइतबार

नेपालमा आज ८२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ८२ जनासँगै नेपालमा कुल संक्रमित संख्या १६ हजार ८ सय एक पुगेको जनाएको छ । 

कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ । पछिल्लो पटक एक सय ४७ जना संक्रमितहरु निको भएका छन् ।

आजसम्ममा पिसिआर विधिबाट २ लाख ८३ हजार ५ सय १५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ९ सय १६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २३ हजार ७ सय ८४ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ८ हजार १ सय ७४ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ रहेको छ ।

Categorized in राष्ट्रिय