arin enterprises

परिक्षणको ७.२५ प्रतिशतमा मात्र संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ पौष १९, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ७ दशमलव २५ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा ४ सय २१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको ५ हजार ८ सय परिक्षणमा एक सय ७५ महिला र २ सय ४६ पुरुषमा संक्रमण देखिएको हो ।

तीमध्ये ८७ महिला र एक सय १० पुरुष गरी एक सय ९७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौंमा एक सय ६०, ललितपुरमा २६ र भक्तपुरमा ११ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।

हालसम्म १९ लाख ४८ हजार ५ सय २ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो पटक ६ सय ३७ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ५४ हजार ४ सय ९४ जना संक्रमितले कोरोना भाईरसलाई हराउँदै निको भएका छन् ।

थप ८ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय ७८ पुगेको छ ।

हाल ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार ९ सय ६६ जना होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ५ सय २१ जना छन् ।

मुगु र सोलुखुम्बु जिल्लामा संक्रमितको संख्या शुन्य छ भने ५ सय बढि संक्रमित रहेको जिल्ला काठमाडौंमात्रै छ ।

Categorized in राष्ट्रिय