arin enterprises

४ हजार ४०१ नमूना परिक्षण, ४०३ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ पौष २०, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । जम्मा ४ हजार ४ सय एक स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ५९ महिला र २ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ८२ महिला र एक सय ३ जना पुरुष गरी एक सय ८५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक सय ४०, ललितपुरमा २१ र भक्तपुरमा २४ जना नयाँ संक्रमित थप भएका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

स्वाब नमूनाको जम्मा परिक्षण संख्या भने १९ लाख ५२ हजार ९ सय ३ पुगेको छ ।

पछिल्लो पटक ५ सय ९४ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ५५ हजार ८८ जना संक्रमित निको भइसकेका छन् ।

थप ७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय ८५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ रहेको छ । तीमध्ये एक हजार ७ सय ७४ होम आइसोलेसनमा र ३ हजार ५ सय १५ संस्थागत आइसोलेसनमा छन् ।

सुनसरी, सोलुखुम्बु र मुगु जिल्लामा संक्रमितको संख्या शुन्य रहेको छ भने काठमाडौंमा मात्रै ५ सय बढि सक्रिय संक्रमित रहेको छ । काठमाडौंमा हाल २ हजार ५ सय १२ सक्रिय संक्रमित उपचाररत छन् । 

Categorized in राष्ट्रिय