arin enterprises

४ हजार ५५१ नमूना परिक्षणमा ५२२ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ पौष २१, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा ५ सय २२ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । ४ हजार ५ सय ५१ वटा स्वाब नमूनाको परिक्षणमा एक सय ८४ महिला र ३ सय ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ९३ महिला र एक सय ३९ पुरुष गरी २ सय ३२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो काठमाडौंबाट एक सय ७१, ललितपुरबाट ५३ र भक्तपुरबाट ८ जना नयाँ संक्रमित थप भएका छन् ।

आज थप भएका संक्रमितसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।

जम्मा आरटी पिसिआर परिक्षण संख्या भने १९ लाख ५७ हजार ४ सय ५४ पुगेको छ ।

पछिल्लो पटक ५ सय ७८ जना संक्रमितको नेगेटिभ रिपोर्ट आएको छ । योसँगै संक्रमण निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।

पछिल्लो पटक थप ८ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय ९३ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ । तीमध्ये एक हजार ७ सय १४ होम आइसोलेसनमा र ३ हजार ५ सय ११ संस्थागत आइसोलेसनमा छन् ।

सोलुखुम्बु र मुगु जिल्लामा संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित रहेको जिल्ला काठमाडौंमात्रै रहेको छ । हाल काठमाडौंमा २ हजार ४ सय ७० सक्रिय संक्रमित उपचाररत छन् ।

Categorized in राष्ट्रिय