arin enterprises

परिक्षणको ६.१ प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ पौष २२, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ वटा नमूना परिक्षण गरिएकोमा एक सय ४४ महिला र २ सय ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ७२ जना महिला र एक सय ६१ पुरुष गरी २ सय ३३ जना संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौंबाट एक सय ५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जना नयाँ संक्रमित थप भएका छन् ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार एक सय ९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार हालसम्म १९ लाख ६४ हजार एक सय ६० वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण भएको छ ।

पछिल्लो पटक ४ सय ९५ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ५६ हजार एक सय ६१ जना संक्रमित निको भइसकेका छन् ।

थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको छ ।

५ हजार एक सय ३३ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार ६ सय ८ जना होम आइसोलेसनमा छन् ३ हजार ५ सय २५ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितको संख्या शुन्य रहेको जिल्लामा सोलुखुम्बु, डोल्पा र मुगु रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित रहेको जिल्ला काठमाडौं मात्रै छ । काठमाडौंमा हाल २ हजार ४ सय २० जना संक्रमित उपचाररत छन् ।

Categorized in राष्ट्रिय