५ हजार २६९ परिक्षण, ५ सय ५४ जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ५ सय ५४ जना नयाँ संक्रमित थप भएका छन् । देशैभरिका कोभिड प्रयोगशालामा गरिएको ५ हजार २ सय ६९ स्वाब नमूनाको परिक्षणमा एक सय ८८ महिला र ३ सय ६६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तीमध्ये ९० महिला र एक सय १७ पुरुष गरी २ सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक सय ७१, ललितपुरमा २३ र भक्तपुरमा १३ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार एक सय ५९ पुगेको छ । हालसम्म १९ लाख ७४ हजार ५ सय ६१ वटा स्वाब नमूनाको परिक्षण भइसकेको छ ।
पछिल्लो पटक ५ सय ८५ जना संक्रमित संक्रमणबाट निको भएका छन् । हालसम्म २ लाख ५७ हजार २ सय २९ जना संक्रमित निको भइसकेका छन् ।
गएको २४ घन्टामा ६ जना संक्रमितको निको भएका छन् । हालसम्म एक हजार ९ सय ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
५ हजार २१ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार ५ सय ६१ जना होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय ६० संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
सोलुखुम्बु, मुगु, सल्यानमा संक्रमितको संख्या शुन्य छ भने काठमाडौंमा मात्रै ५ सय बढि सक्रिय संक्रमित छन् । हाल काठमाडौंमा २ हजार ४ सय ६ जना सक्रिय संक्रमित उपचाररत छन् ।
Categorized in राष्ट्रिय