नयाँ संक्रमण घट्दो दरमा
SamacharDesk – बिकाश | २०७७ पौष २६, आइतबार

नेपालमा गएको २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा मात्र ६ दशमलव ०४ प्रतिशतमा मात्र कोभिड १९ को संक्रमण देखिएको छ ।
पछिल्लो पटक गरिएको ४ हजार २ सय ८६ वटा स्वाब नमूनाको परिक्षणमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ९९ महिला र एक सय ६० जना पुरुषहरु रहेका छन् ।
नयाँ संक्रमितमध्ये ४८ जना महिला र ७८ पुरुष गरी एक सय २६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ९९, ललितपुरमा १८ र भक्तपुरमा ९ जना नयाँ संक्रमित भेटिएका छन् ।
नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । हालसम्म जम्मा १९ लाख ८२ हजार २ सय ४६ स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ ।
पछिल्लो पटक ५ सय १३ जना संक्रमित निको भएका छन् । हालसम्म कुल संक्रमितमध्ये २ लाख ५८ हजार ४ सय ४१ जना संक्रमित निको भइसके । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार निको हुनेको दर ९७ दशमलव ६ प्रतिशत रहेको छ ।
थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय १७ पुगेको छ ।
४ हजार ४ सय २२ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार एक सय ७९ होम आइसोलेसनमा छन् भने ३ हजार २ सय ४३ संस्थागत आइसोलेसनमा छन् ।
ताप्लेजुङ, सोलुखुम्बु र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै रहेको छ । हाल काठमाडौंमा २ हजार एक सय ६ जना सक्रिय संक्रमित उपचाररत छन् ।
Categorized in राष्ट्रिय