arin enterprises

५ हजार ३०९ परिक्षण, ४८८ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ पौष २७, सोमबार

नेपालमा कोभिड १९ का थप ४ सय ८८ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको ५ हजार ३ सय ९ वटा स्वाब नमूनाको परिक्षणमा थप एक सय ९२ महिला र २ सय ९६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ६४ दशमलव ३४ प्रतिशत संक्रमित काठसमाडौं उपत्यकामै रहेका छन् । काठमाडौं उपत्यकामा एक सय ९२ महिला र एक सय ८५ पुरुष गरी ३ सय १४ नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक काठमाडौंमा २ सय ३०, ललितपुरमा ६९ र भक्तपुरमा १५ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । आरटी पिसिआर विधिबाट स्वाब नमूनाको कुल परिक्षण संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ ।

गएको २४ घन्टामा ५ सय २९ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म संक्रमण निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ रहेको छ ।

थप १० जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय २७ पुगेको छ ।

हाल ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित उपचाररत छन्, जसमध्ये ३ हजार एक सय ४३ जना संस्थागत आइसोलेसनमा छन् भने एक हजार २ सय ३० जना होम आइसोलेसनमा छन् ।

ताप्लेजुङ र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौं जिल्लामा मात्रै रहेको छ । काठमाडौंमा हल २ हजार एक सय ५५ जना सक्रिय संक्रमित छन् ।

Categorized in राष्ट्रिय