arin enterprises

परिक्षणको १० प्रतिशत बढिमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

पछिल्ला केही दिनहरुमा परिक्षणको १० प्रतिशतभन्दा कममा कोरोना संक्रमण पुष्टि भइरहेकोमा आज आज यो दर १० प्रतिशत कटेको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको १० दशमलव ७१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

४ हजार एक सय ५४ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ४ सय ४५ जनामा संक्रमण भेटिएको हो ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार एक सय ४३ पुगेको छ । आरटी पिसिआरबाट परिक्षणको कुल संख्या १९ लाख ९७ हजार ९ पुगेको छ ।

पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक सय १० महिला र एक सय ३६ पुरुष गरी २ सय ४६ जना रहेका छन् । तीमध्ये एक सय ८९ काठमाडौंबाट, ललितपुरबाट ३८ र भक्तपुरबाट १९ जना रहेका छन् ।

थप ४ सय १४ जना संक्रमित निको भएसँगै कोरोना संक्रमण निको हुनेको कुल संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।

कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक हजार ९ सय ३७ पुगेको छ । गएको २४ घन्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित उपचाररत छन् । एक सय ४४ जना आइसीयूमा छन् भने २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पाँच वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । हाल ताप्लेजुङ, कालिकोट, रुकुमपश्चिम, मुगु र बाजुरमा एक जना पनि सक्रिय संक्रमित छैनन् ।

५ सय बढि सक्रिय संक्रमित काठमाडौं जिल्लामा मात्रै रहेको छ । काठमाडौंमा हाल २ हजार ३ सय ५ जना सक्रिय संक्रमित उपचाररत छन् ।

Categorized in राष्ट्रिय