पिसिआर परिक्षण संख्या २० लाख नाघ्यो
SamacharDesk – बिकाश | २०७७ माघ १, बिहिबार

नेपालमा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण संख्या २० लाख नाघेको छ । पछिल्लो पटक गरिएको ५ हजार ३२ वटा स्वाब नमूनाको परिक्षणसँगै कुल परिक्षण संख्या २० लाख २ हजार ४१ पुगेको छ ।
कुल परिक्षण संख्याको १३ दशमलव ३१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको देखिएको छ । कुल परिक्षणबाट हालसम्म जम्मा २ लाख ६६ हजार ५ सय ४६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो पटक थप ४ सय ३ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो परिक्षणमा एक सय ६१ महिला र २ सय ४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
कुल संक्रमितमध्ये २ लाख ६० हजार एक सय ७७ जना निको भइसकेका छन् । पछिल्लो पटक ४ सय ५ जना संक्रमित निको भएका छन् ।
गएको २४ घन्टामा ६ जना संक्रमितको निको भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या एक हजार ९ सय ४३ पुगिसकेको छ ।
आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २६ पुगेको छ । संस्थागत आइसोलेसनमा एक हजार एक सय २४ संक्रमित छन् भने होम आइसोलेसनमा ३ हजार ३ सय २ जना छन् ।
कालिकोट, रुकुमपश्चिम, मुगु र बाजुरामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छ । काठमाडौंमा हाल २ हजार ३ सय ३२ जना सक्रिय संक्रमित उपचाररत छन् ।
Categorized in राष्ट्रिय