२४० संक्रमित थप, ४७७ निको भए
SamacharDesk – बिकाश | २०७७ माघ ३, शनिबार

नेपालमा पछिल्लो पटक गरिएको स्वाब नमूनाको परिक्षणमा जम्मा ६ दशमलव २८ प्रतिशतमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
जम्मा ३ हजार ८ सय १९ वटा स्वाब नमूनाको परिक्षणमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ८७ महिला र एक सय ५३ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोेना भाईरसबाट संक्रमित हुनेहरुको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । आजसम्ममा २० लाख ८ हजार ९ सय ४४ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण भएको छ ।
पछिल्लो पटक थपिने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४२ महिला र ८९ पुरुष गरी एक सय ३१ जना रहेका छन् । काठमाडौंमा एक सय १५, ललितपुरमा १२ र भक्तपुरमा ४ जना नयाँ संक्रमित थप भएका छन् ।
गएको २४ घन्टामा ४ सय ७७ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ६१ हजार ४४ जना संक्रमित निको भइसकेका छन् ।
पछिल्लो पटक थप ६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ ।
हाल ४ हजार ५८ जना सक्रिय संक्रमित उपचाररत अवस्थामा छन् ।
सोलुखुम्बु, कालिकोट, रुकुमपश्चिम र मुगु गरी ४ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छन् । काठमाडौंमा हाल २ हजार २ सय ७८ सक्रिय संक्रमित उपचाररत छन् ।
Categorized in राष्ट्रिय