परिक्षणको ६.३४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ माघ ७, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा जम्मा ६ दशमलव ३४ प्रतिशतमा कोभिड १९ संक्रमण देखिएको छ ।
५ हजार १२ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा एक सय १२ महिला र २ सय ६ जना पुरुष गरी ३ सय १८ जनामा संक्रमण देखिएकाे हाे ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । कुल आरटी पिसिआर परिक्षण संख्या भने २० लाख २६ हजार ७ सय २६ पुगेको छ ।
गएको २४ घन्टामा ३ सय ८३ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ६२ हजार ६ सय ४२ जना संक्रमित निको भइसके ।
पछिल्लो पटक ६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको ।
३ हजार ६ सय ९३ जना सक्रिय संक्रमित उपचाररत अवस्थामा छन् । तीमध्ये ८ सय २९ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् भने २ हजार ८ सय ६४ जना होम आइसोलेसनमा छन् ।
भोजपुर, कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छ । काठमाडौंमा जम्मा २ हजार एक सय ५५ सक्रिय संक्रमित उपचाररत छन् ।
Categorized in राष्ट्रिय