arin enterprises

संक्रमण घट्दो दरमा, आज ६.६७ प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ माघ ८, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको ६ दशमलव ७६ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

जम्मा ५ हजार ३० जनाको स्वाब नमूना परिक्षण गरिएकोमा ३ सय ३६ जनामा संक्रमण पुष्टी भएकाे हाे । तीमध्ये एक सय २२ महिला र २ सय १४ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ संक्रमण हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । जम्मा आरटी पिसिआर परिक्षण संख्या २० लाख ३१ हजार ७ सय ५६ पुगेको छ ।

पछिल्लो पटक २ सय २६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म कुल संक्रमितमध्ये २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमणमुक्त भइसकेका छन् ।

थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक हजार ९ सय ७९ पुगेको छ ।

३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ८ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् भने २ हजार ९ सय ७ जना होम आइसोलेसनमा छन् ।

हाल भोजपुर, कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्र छन् । काठमाडौंमा २ हजार २ सय एक जना सक्रिय संक्रमित उपचाररत छन् ।

Categorized in राष्ट्रिय