arin enterprises

३०२ संक्रमित थपिँदा ४८० निको

SamacharDesk – बिकाश | २०७७ माघ ९, शुक्रबार

गएको २४ घन्टामा नेपालमा कोभिड १९ का ३ सय २ जना नयाँ संक्रमित थपिएका छन् । जम्मा ३ हजार ५ सय ४५ जनाको स्वाब नमूना परिक्षणमा एक सय ३३ जना महिला र एक सय ६९ पुरुषमा कोरोना संक्रमण पोजेटिभ पाइएको हो ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ । कुल आरटी पिसिआर परिक्षण संख्या २० लाख ३५ हजार ३ सय एक पुगेको छ ।

पछिल्लो पटक ४ सय ८० जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्ममा कुल संक्रमितमध्ये २ लाख ६३ हजार ३ सय ४८ जनाले भाईरसलाई परास्त गर्दै निको भइसके ।

थप ७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म एक हजार ९ सय ८६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

३ हजार ६ सय १४ जना सक्रिय संक्रमित उपचाररत अवस्थामा छन् । तीमध्ये ८ सय ७९ जना संस्थागत आइसोलेसनमा र २ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन् ।

भोजपुर, कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छन् । काठमाडौंमा २ हजार ६१ जना सक्रिय संक्रमित छन् ।

Categorized in राष्ट्रिय