arin enterprises

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नजिक

SamacharDesk – बिकाश | २०७७ माघ १०, शनिबार

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक हजार ९ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ८ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा भने ६ दशमलव ५ प्रतिशतमा कोभिड १९ को संक्रमण देखिएको छ । ३ हजार ५ सय ४१ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ सय ३२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ९१ जना महिला र एक सय ४१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या २ लाख ६९ हजार एक सय ८० पुगेको छ ।

गएको २४ घन्टामा ३ सय ८६ संक्रमितले कोरोना भाईरसलाई परास्त गर्दै निको भएका छन् । हालसम्म कुल संक्रमितमध्ये २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ ।

हालसम्म २० लाख ३८ हजार ८ सय ४२ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ ।

३ हजार ५ सय २ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ७ सय ७८ जना संस्थागत आइसोलेसनमा र २ हजार ७ सय २४ जना होम आइसोलेसनमा छन् ।

कालिकोट, रुकुमपश्चिम र मुगुमा संक्रमितको संख्या शुन्य छ भने ५ सय बढि संक्रमित काठमाडौंमा मात्र छन् । काठमाडौंमा एक हजार ९ सय ३५ जना सक्रिय संक्रमित उपचाररत छन् ।

Categorized in राष्ट्रिय