आज कोरोनाका कारण कसैको मृत्यु भएन
SamacharDesk – बिकाश | २०७७ माघ १५, बिहिबार

पछिल्ला केही दिनमात्र होइन, महिनादेखि नै दिनहुँ जसो कोरोनाका कारण मृत्यु हुने क्रम निरन्तर नै रह्यो । तर आज भने कोरोनाका कारण कसैको मृत्यु भएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको जानकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।
पछिल्लो २४ घन्टामा थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या भने २ सय १३ रहेको छ । जम्मा ३ हजार ७ सय ९१ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ८८ जना महिला र एक सय २५ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ ।
थप २ सय ९६ जना संक्रमित भाईरसलाई परास्त गर्दै निको हुन सफल भएका छन् । हालसम्म २२ लाख ६५ हजार ३ सय ६५ जना संक्रमित निको भइसकेका छन् ।
आजसम्ममा २० लाख ६० हजार ८ सय ६० वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण भइसकेको छ ।
विभिन्न संस्थागत आइसोलेसनको साथमा होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ जना रहेको छ । देशभरका विभिन्न स्थानमा रहेका संस्थागत आइसोलेसनहरुमा ९ सय ६१ जना संक्रमित उपचाररत छन् भने होम आइसोलेसनमा रहनेको संख्या २ हजार २ सय ४२ जना छन् ।
कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि संक्रमित भएको जिल्ला काठमाडौंमात्रै छ ।
Categorized in राष्ट्रिय