१४२ संक्रमित थपिए, २०६ निको
SamacharDesk – बिकाश | २०७७ माघ २१, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का थप एक सय ४२ जना संक्रमित भेटिएका छन् । ३ हजार ५ सय ९७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ५२ महिला र ९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ । आरटी पिसिआर विधिबाट गरिएको स्वाब नमूनाको परिक्षण संख्या २० लाख ८१ हजार ६ सय ९५ पुगेको छ ।
गएको २४ घन्टामा जम्मा २ सय ६ जना संक्रमित निको भएका छन् । हालसम्म जम्मा २ लाख ६७ हजार ३५ जना संक्रमित निको भइसकेका छन् ।
पछिल्लो पटक जम्मा एक जना संक्रमितको मात्र मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म २ हजार ३१ जनाको मृत्यु भइसकेको छ ।
२ हजार ३ सय ३५ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ८ सय ८१ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् भने एक हजार ४ सय ५४ जना होम आइसोलेसनमा छन् ।
सक्रिय संक्रमितको संख्या शुन्य रहेको जिल्लामा भोजपुर, कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौं जिल्लामा मात्रै छन् ।
Categorized in राष्ट्रिय