arin enterprises

काेराेना निको हुनेको दर ९८.५ प्रतिशत

SamacharDesk – बिकाश | २०७७ माघ २३, शुक्रबार

नेपालमा कोरोना संक्रमण निको हुनेको दर साढे ९८ प्रतिशत पुगेको छ । नेपालमा हालसम्म २ लाख ७१ हजार ७ सय ७ जना कोरोना भाईरसबाट संक्रमित भएकोमा २ लाख ६७ हजार ५ सय ६४ जना निको भइसकेका छन् ।

पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यामा कमी आउनुका साथै निको हुनेको संख्या पनि बढेको छ ।

पछिल्लो २४ घन्टामा २ सय ७२ जना संक्रमित निको भएका छन् ।

पछिल्लो पटक गरिएको परिक्षणमा ३ दशमलव ७५ प्रतिशतमा कोभिड १९ को संक्रमण देखिएको छ । २ हजार ७ सय ९९ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा एक सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये ४८ जना महिला र छन् भने ५७ पुरुष रहेका छन् ।

थप २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म २ हजार ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । क्वा

रेन्टाइनमा रहेनेको संख्या सयभन्दा कम छ । हाल ९२ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै दुई हजार एक सय ८ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा उपचाररत ७ सय ४३ जनामध्ये ६४ जना आइसीयूमा र १३ जना भेन्टिलेटरमा छन् । एक हजार ३ सय ६५ जना होम आइसोलेसनमा छन् ।

भोजपुर, कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छ ।

Categorized in राष्ट्रिय