कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५४ लाख नाघ्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ११, आइतबार

विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५४ लाख नाघेको छ ।
संसारभरीमा यस भाइरसबाट संक्रमित संख्या ५४ लाख २० हजार ६ सय ४८ पुगेको छ । २२ लाख ५५ हजार ६१ जना उपचार पछि निको भएका छन् ।
त्यस्तै, ३ लाख ४४ हजार २ सय ५८ जनाको भने यस भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना महामारीबाट बढि प्रभावित अमेरीकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।
संयुक्त राज्य अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जना कोरोना संक्रमित हुँदा ९८ हजार ६ सय ८३ जनाले ज्यान गुमाइसके । ४ लाख ४६ हजार ९ सय २७ जना उपचार पछि निको भएका छन् ।
यो भाइरसबाट बढि प्रभावित दोश्रो मूलुक ब्राजिलमा संक्रमितको संख्या ३ लाख ४९ हजार १ सय १३ जना छ । २२ हजार १ सय ६५ जनाको मृत्यु हुँदा १ लाख ४२ हजार ५ सय ८७ जना संक्रमणबाट निको भएका छन् ।
रसियामा ३ लाख ४४ हजार ४ सय ८१ जना संक्रमित भएका छन् । तीमध्ये ३ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका छन् । १ लाख १३ हजार २ सय ९९ जना निको भएका छन् ।
स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जनाले कोरोनालाई जितेका छन् । २८ हजार ६ सय ७८ जनाको भने मृत्यु भएको छ ।
यसैबीच स्पेनमा आगामी जुलाईबाट प्रमुख पर्यटकिय क्षेत्रहरुलाई खुला गर्ने भएको छ । पर्यटकलाई सुरक्षा सावधानी अपनाएर स्पेन भ्रमणको अनुमति दिने तयारी स्पेन सरकारले थालेको छ ।
बेलायतमा २ लाख ५७ हजार १ सय ५४ जना संक्रमितमध्ये ३६ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ ।
इटालीमा २ लाख २९ हजार ३ सय २७ जना संक्रमितमध्ये ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ । १ लाख ३८ हजार ८ सय ४० जना निको भएका छन् ।
फ्रान्समा १ लाख ८२ हजार ४ सय ६९ जना संक्रमितमध्ये ६४ हजार ५ सय ४७ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार ३ सय ३२ जनाले ज्यान गुमाइसके ।
जर्मनीमा १ लाख ७९ हजार ९ सय ८६ जना संक्रमितमध्ये १ लाख ६० हजार ३ सय जना उपचारपछि निको भएका छन् । ८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ ।
भारतमा १ लाख ३१ हजार ९ सय २० जना संक्रमितमध्ये ५४ हजार ४ सय ४१ जना निको भइसकेका छन् । ३ हजार ८ सय ६९ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टाको अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ४१.६० प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.३६ प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय