दैनिक १ लाखको हाराहारीमा संक्रमित थपिँदै, कुल संक्रमित संख्या ५७ लाख नाघ्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १४, बुधबार

हालसम्मको तथ्याङ्कले विश्वभरिमा दैनिक ९० हजार देखि १ लाखको हाराहारीमा नयाँ संक्रमित थप भइरहेको देखाएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५७ लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५७ लाख एक हजार ३ सय १२ पुगेको छ ।
२४ लाख ४५ हजार २ सय ४३ जना उपचार पछि निको हुँदा ३ लाख ५२ हजार ५ सय ७३ जनाको यस भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ । ४ लाख ७९ हजार ९ सय ६९ जना निको भएका छन् ।
यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघिसकेको छ । अमेरीकामा १ लाख ५ सय ७२ जनाले ज्यान गुमाइसकेका छन् ।
ब्राजिलमा दिनानुदिन संक्रमित बढ्दै जाँदा संक्रमितको संख्या ४ लाखको नजिक पुगेको छ । यहाँको कुल संक्रमित संख्या ३ लाख ९४ हजार ५ सय ७ पुगेको छ ।
२४ हजार ५ सय ९३ जनाको मृत्यु हुँदा १ लाख ५८ हजार ५ सय ९३ जना संक्रमणबाट निको भएका छन् ।
रसियामा ३ लाख ७० हजार ६ सय ८० जना संक्रमितमध्ये ३ हजार ९ सय ६८ जनाले ज्यान गुमाइसके । १ लाख ४२ हजार २ सय ८ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।
स्पेनमा २ लाख ८३ हजार ३ सय ३९ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जना निको भएका छन् । २७ हजार १ सय १७ जनाको भने मृत्यु भएको छ ।
बेलायतमा २ लाख ६५ हजार २ सय २७ जना संक्रमितमध्ये ३७ हजार ४८ जनाको मृत्यु भइसकेको छ ।
इटालीमा २ लाख ३० हजार ५ सय ५५ जना संक्रमितमध्ये ३२ हजार ९ सय ५५ जनाको मृत्यु भएको छ । १ लाख ४४ हजार ६ सय ५८ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ८२ हजार ७ सय २२ जना संक्रमितमध्ये ६५ हजार ८ सय ७९ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार ५ सय ३० जनाले ज्यान गुमाइसके ।
जर्मनीमा १ लाख ८१ हजार २ सय ८८ जना संक्रमितमध्ये १ लाख ६२ हजार ८ सय जना उपचारपछि निको भएका छन् । ८ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमितको संख्या डेढ लाख नाघेको छ । भारतमा १ लाख ५१ हजार ८ सय ७६ जना संक्रमित भइसके भने ४ हजार ३ सय ४६ जनाको मृत्यु भइसकेको छ । निको हुनेको संख्या ६४ हजार ४ सय २६ रहेको छ ।
महामारीकै बीच भारत सामान्य जनजीवनतर्फ उन्मुख हुन खोजिरहेको छ । गत मे २५ बाट भारतले आन्तरिक उडान शुरु गरेको छ ।
पछिल्लो २४ घण्टाको अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ४२.८८ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.१८ प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय