arin enterprises

कोरोना संक्रमितको संख्या ५८ लाखको नजिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १५, बिहिबार

विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५८ लाखको नजिक पुगेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५७ लाख ९४ हजार ७ सय २३ पुगेको छ ।

त्यस्तै निको हुनेको संख्या पनि २५ लाखको नजिक पुगिसकेको छ । २४ लाख ९९ हजार ८ सय १ जना उपचार पछि यस संक्रमणबाट निको भएका छन् । 

३ लाख ५७ हजार ५ सय १६ जनाको भने संक्रमणका कारण मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १७ लाख ४५ हजार ८ सय ३ पुग्दासम्म १ लाख २ हजार १ सय ७ जनाले ज्यान गुमाइसके । 

यहाँँ निको हुनेको संख्या भने ५ लाखको नजिक पुगेको छ । हालसम्म ४ लाख ९० हजार १ सय ३० जनाले कोरोनालाई जितेर स्वास्थ्य लाभ गरिसकेका छन् । 

दिनहुँ नयाँ संक्रमित थप हुँदै गइरहेको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या ४ लाखको नाघेको छ । यहाँको कुल संक्रमित संख्या ४ लाख १४ हजार ६ सय ६१ पुगेको छ ।

२५ हजार ६ सय ९७ जनाको मृत्यु हुँदा १ लाख ६६ हजार ६ सय ४७ जना संक्रमणबाट निको भएका छन् । 

रसियामा ३ लाख ७० हजार ६ सय ८० जना संक्रमितमध्ये ३ हजार ९ सय ६८ जनाले ज्यान गुमाइसके । १ लाख ४२ हजार २ सय ८ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

स्पेनमा २ लाख ८३ हजार ८ सय ४९ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जना निको भएका छन् । २७ हजार १ सय १८ जनाको भने मृत्यु भएको छ ।

बेलायतमा २ लाख ६७ हजार २ सय ४० जना संक्रमितमध्ये ३७ हजार ४ सय ६० जनाको मृत्यु भइसकेको छ ।

यहाँ पछिल्ला दिनहरुमा मृत्यु हुनेको संख्या केहि घट्दै गएको छ ।  

कोरोनाको नयाँ संक्रमित संख्या र मृत्युदर कम हुँदै गएपछि आउँदो जुन महिनाबाट लकडाउनलाई केही खुकुलो हुने भएको छ ।

इटालीमा २ लाख ३१ हजार १ सय ३९ जना संक्रमितमध्ये ३३ हजार ७२ जनाको मृत्यु भएको छ । १ लाख ४७ हजार १ सय १ जना निको भएका छन् । 

फ्रान्समा १ लाख ८२ हजार ९ सय १३ जना संक्रमितमध्ये ६६ हजार ५ सय ८४ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार ५ सय ९६ जनाले ज्यान गुमाइसके ।

जर्मनीमा १ लाख ८१ हजार ८ सय ९५ जना संक्रमितमध्ये १ लाख ६२ हजार ८ सय जना उपचारपछि निको भएका छन् । ८ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ ।

भारतमा १ लाख ५८ हजार ६ सय १३ जना संक्रमित मध्ये ४ हजार ५ सय ४० जनाको मृत्यु भइसकेको छ । निको हुनेको संख्या ६७ हजार ७ सय ५३ रहेको छ । 

पछिल्लो २४ घण्टाको अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ४३.१४ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.१६ प्रतिशतले ज्यान गुमाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय